एजेन्सी । युवाहरुमा बुद्धि बंगारो आउनु स्वभाविक कुरा हो । बुद्धि बंगारोलाई विस्डम टुथ पनि भनिन्छ । यसको दुखाई एकदमै तेज हुन्छ । तर केही घरेलु उपाय अपनाएर पनि तपाईं यसको दुखाईलाई कम गर्न सक्नुहुन्छ ।
प्रायजसो १७ देखि २५ वर्षको बीचमा बुद्धि बंगारो आउने गर्छ । बुद्धि बंगारो निस्कने बेला जरा वा गिँजामा एकदमै दुखाई हुन्छ । जसले गर्दा खान पिउन पनि समस्या हुन्छ ।
बुद्धि बंगारोको दुखाईलाई कम गर्नका लागि प्याजको प्रयोग गर्न सकिन्छ । प्याजमा एन्टीसेप्टिक, एन्टीब्याक्टेरियल गुण पाइन्छ । यसका लागि दुखेको ठाउँमा प्याजको एउटा टुक्रा राख्नुहोस् ।
त्यस्तै ल्वांगको तेलले पनि बुद्धि बंगारो दुखेको कम गर्न सकिन्छ । दुखेको स्थानमा ल्वांगको तेल लगाउँदा आराम हुन्छ । साथमा यो तेल लगाउँदा गिँजा बलियो पनि हुन्छन् ।
लसुनमा पाइने एन्टीअक्सीडेन्ट, एन्टीबायोटिक तथा एन्टी इफ्लामेटरी गुणले बुद्धि बंगारोको दुखाईलाई कम गर्छ । यसका लागि दुखेको हिस्सामा लसुनको एउटा पोटी राख्नुहोस् ।
हल्का मनतातो पानीमा नुन राखेर कुल्ला गर्दा पनि यो दुखाईबाट आराम पाउन सकिन्छ । यसका लागि समय समयमा नुन पानीले कुल्ला गर्नुहोस् ।
बुद्धि बंगारोले अनुहार तथा कानतिरको भागमा पनि एकदमै तेज दुखाई हुन्छ । यस्तोमा धेरै नै दुखाई भएको अवस्थामा डाक्टरसँग सल्लाह लिनुहोस् । डाक्टरको सल्लाहअनुसार औषधी सेवन वा अन्य उपाय गरेर दुखाई कम गर्न सकिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस