काठमाडौं, १० कात्तिक । कुरिलो कम क्यालोरी भएको औषधी जस्तै हो। हामी सबैलाई थाहा छ यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ। तर के तपाईंलाई थाहा छ? कुरिलोको सेवन गरेर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ।
कुरिलोका फाइदा
कुरिलो चिसो खानेकुरा मानिन्छ। यसमा पर्याप्त मात्रामा एन्टीअक्सीडेन्ट पाइन्छ। यसलाई दैनिक सेवन गर्नाले बाथ तथा पित्तलाई कम गर्न सकिन्छ। यसमा पाइने पोषक तत्वले मुटु, मृगौला तथा आँखाका बिमारीहलाई राहत मिल्छ।
छालाका लागि फाइदा
कुरिलोमा ग्लूटाथियोन नामक एन्टीअक्सीडेन्ट्स पाइन्छ जो छालामा उमेर बढ्दै जाँदा पर्ने असरलाई कम गर्न तथा अनुहारमा आउने दागधब्बाहरुबाट जोगाउँछ । यसको सेवनले तपाईं उमेर भन्दा जवान देखिनुहुनेछ।
तौल घटाउने तरिका
कुरिलोभित्र घुलनशील तथा अघुलनशील फाइबर पाइन्छ जसले तौल कम गर्न सहयोग गर्छ। कुरिलोको सेवनले मेटाबोलिज्मलाई बुस्ट गर्न सकिन्छ जसले गर्दा तौल तीव्र गतिमा कम हुन थाल्छ।
कसरत गर्न नछोडौं
यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने दैनिक कुरिलोको सेवनसँगै कसरत पनि अनिवार्य हुन्छ। शारीरिक व्यायाम, योग तथा हिँड्डुल गर्नाले शरीरमा स्फूर्ति बढिरहन्छ । साथै यसरी खानपान र कसरतलाई मिलाएर लग्न सक्यो भने तौल कम हुँदै जान्छ।
कुरिलो सेवन गर्ने तरिका
यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने कुरिलोलाई आधा गिलास मनतातो दूधमा मिसाउनुहोस् । तपाईं रातमा सुत्नुअघि यसको सेवन गर्न सक्नुहुन्छ। केही व्यक्तिलाई यसको स्वाद मन नपर्न सक्छ त्यसका लागि तपाईं दूधमा सुकमेल तथा मह मिसाएर पनि पिउन सक्नुहुन्छ।
हड्डी हुन्छन् बलियो
कुरिलोमा फोलेटको राम्रो मात्रा हुन्छ जसले गर्दा हड्डीहरु पनि बलियो हुन्छ । यसका साथै कुरिलोमा पाइने पोषक तत्वले मानसिक समस्याहरुबाट बचाउने काम पनि गर्छन्। (एजेन्सीको सहयोग)
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस