टोकियो/जापान। आज यानेकी अक्टोबरदेखि लागू हुने गरि जापानका सम्पुर्ण प्रिफेक्चरको लागि तोकिएको न्यूनतम ज्याला जारी गरिएको छ।बढ्दो मूल्यका कारण, ज्याला समायोजन गर्न सरकारले दिएको निर्देशन अनुसार ४७ वटै प्रिफेक्चरहरुले न्युनतम,ज्याला साविकको तुलनामा औसत प्रतिघण्टा अधिकतम ४३ येन बढाउने तय गरेका छन् ।
एकैपटक औसत ज्यालामा प्रतिघण्टा ४३ येनको वृद्धि हँदा,अक्टोबरबाट जापानको ४७ वटै प्रिफेक्चरका औसत ज्याला प्रति घण्टा १ हजार येनभन्दा माथी यानेकी १००४ येन कायम हुनेछ। हाल टोकियो बाहिरका धेरै प्रिफेक्चरहरुमा औसत ज्याला प्रतिघण्टा ९ सय येनको सीमाभित्र रहेका छन्। तर अक्टोबरबाट भने सबै प्रिफेक्चरको औसत न्युनतम ज्याला १००४ येन कायम हुनेछ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको श्रम,परिषदले गत महिना प्रत्येक क्षेत्रमा न्यूनतम पारिश्रमिक ३९ येनबाट ४१ येनले वृद्धि गराउन निर्देशित गरेको थियो।
त्यस पछि, प्रिफेक्चरल काउन्सिलहरूमा छलफल तथा आवश्यक परामर्शहरु गर्नेक्रममा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सबै प्रिफेक्चरहरुले १८ तारिखसम्म न्युनतम ३९ येनबाट अधिकतम ४३ येनसम्म रकम बढाएको जनाएको छ। यसरी हेर्दा,राष्ट्रिय दिशानिर्देशन भन्दा २ येन बढी वृद्धि गरिएको छ।
सिगा तथ सिमाने प्रिफेक्चरले प्रतिघण्टा ४७ येन,यामागाता प्रिफेकेचरले ४६ येनआओमोरी,नागासाकी,कुमामोतो,ओईताले ४५ येन प्रतिघण्टा ज्याला बढाउने निर्णय गरेका छन् ।
तुलनात्मकरुपमा पहिलेनै उच्च रहेको टोकियोका २३ वटा वडाहरुमा भने सामान्य मात्रै वृद्धि हुने बुझिएको छ। यसरी देशव्यापीरुपमा ज्याला वृद्धि पश्चात जापानको टोकियोमा सबैभन्दा धेरै प्रतिघण्टा न्युनतम १११३ येन र ईवातेमा सबैभन्दा थोरै ८९३ येन ज्याला कायम रहने छ ।
यद्यपी,यो जापान सरकारले प्रिफेक्चर अनुसार तोकिदिएको न्युनतम ज्याला हो। यस अघिनै सरकारले तोकेको न्युनतम ज्यालाभन्दा अधिक तलव सुविधा दिइरहेको कम्पनीहरुले भने अक्टोबरबाट तलब नबढाउन पनि सक्छ र बढाएपनि तोकिएभन्दा कम बढाउन पनि सक्दछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस