काठमाडौँ – अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको समयमा उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा अनमोल पक्राउ परेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस