चितवन । भरतपुर महानगरपालिका वडा नँ २ मा सूर्तीजन्य बस्तु बिक्री वितरणमा कडाई गर्न एक हप्ते अभियान शुरु भएको छ । सोमबार वडा शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार आजबाट असोज १९ सम्म यो अभियान जारी रहने छ । विद्यालय, मन्टेश्वरी क्याम्पस तथा अन्य शिक्षण संस्थाको सय मिटरको दुरीमा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोग लगाउन सचेतना अभियान गरिएको हो ।
अभियानको पहिलो दिन बालकुमारी उच्च माध्यमिक विद्यालय,बालकुमारी कन्या माध्यमिक विद्यालय तथा बालकुमारी कलेजका विद्यार्थी शिक्षक , पांँचवटा टोल विकास संस्था सहितले सचेतना र्याली गरिएको वडा अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो ।
उहांँका अनुसार आज बालकुमारी उच्च माबि , नारायणी कलामन्दिर , लिलाचोक , बालकुमारी कलेज हुंँदै कन्या माबिमा आएर कार्यक्रमको समापन गरिएको थियो । र्यालीमा एकहजार भन्दा बढी सहभागी रहेका थिए । उनीहरुले हामी सबैको एउटै नारा, सूर्तीजन्य पदार्थबाट पाउंँ छुटकारा , नो स्मोकिङ्ग, सूर्तीजन्य पदार्थ होइन स्वस्ग जीवन जिऔं लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।
विद्यालय तथा कलेजका सय मिटरको दुरीमा सूर्तीजन्य बस्तु बिक्री वितरण गरे पहिलोपटक जरीवाना गरिने र अटेर गरे कानुनी कारवाही गरिने रानाभाटले बताउनु भयो । वडालाई आगामी दिनमा सूर्तीजन्य मुक्त क्षे बनाउने उद्धेश्य सहित यो अभियान शुरु गरिएको उहांँको भनाई छ ।
भोली असोज १२ गते वडा नम्बर २ को नमस्ते चोक , एपेक्स कलेज , होराइजन स्कुल लगायतका स्थानमा यो अभियान शुरु गरिने उहांँले जानकारी दिनु भयो । असोज १९ गते सूर्चीजन्य बस्तु बिक्री बितरण रोक्न वृहत् वडास्तरीय सचेतना कार्यक्रम गर्ने वडाको तयारी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस