चितवन,साउन १८- चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।
बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ । उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत संचालन गरिने जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस