चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै चितवनका वडाध्यक्षहरु डेलिगेशनमा काठमाडौं पुगेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भरतपुर महानगरपालिकाका वडाध्यक्षहरु प्रचण्डलाई चितवन क्षेत्र नं. ३ बाटै चुनाव लड्न अनुरोध गर्दै डेलिगेशनमा गएका हुन् ।
चितवनको विकासमा प्रचण्डको अपरिहार्य योगदान रहेको र यो विकास को लहर लाई निरन्तरता दिनको लागी प्रचण्डको आवश्यकता अपरिहार्य रहेको भन्दै चितवन ३ बाटै चुनाव लड्न उनीहरुको अनुरोध थियो । जवाफमा प्रचण्डले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने भन्दै डेलिगेशन टिमलाई धन्यवाद दिनुभएको जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस