• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

गगन थापाका प्रारम्भिक चुनौती

January 18, 2026 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
गगन थापाका प्रारम्भिक चुनौती

हेल्लो चितवन अन्लाईन्
(२ हफ्ता अघि)

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको उदय सामान्य नेतृत्व परिवर्तन मात्र होइन, कांग्रेसभित्र पुस्तान्तरण र राजनीतिक रूपान्तरणको स्पष्ट संकेतका रूपमा देखिएको छ। झण्डै दुई दशकदेखि पार्टीभित्र विधि, विधान, मूल्य र मान्यताको वकालत गर्दै आएका गगन थापा अब आफैं कांग्रेसको नेतृत्वमा पुगेका छन्। आलोचकको भूमिकाबाट निर्णायक भूमिकामा पुगेपछि उनीमाथि अपेक्षा मात्र होइन, चुनौतीहरूको भारी बोझ पनि थपिएको छ।

कांग्रेसका प्रभावशाली युवा नेताहरू विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेजस्ता नेताहरू गगनका मुख्य सारथि बनेका छन्। एउटा पुस्ताको प्रतिनिधित्व गर्ने गरी उदाएको यो टिमलाई निर्वाचन आयोगले आधिकारिक नेपाली कांग्रेसका रूपमा मान्यता दिएको छ। यसले पार्टीभित्र र बाहिर नयाँ आशा जगाउनुपर्ने भए पनि सभापति गगन थापासामु भने सुरुदेखि नै अनेक प्रश्न, आशंका र संकटहरू उभिएका छन्। ती सबै प्रश्नको जवाफ दिनु र भरोसा दिलाउनु अहिलेको सबैभन्दा ठूलो दायित्व बनेको छ।

विशेष महाधिवेशनमार्फत गठन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको भए पनि संस्थापन पक्षका नेता शेरबहादुर देउवासहितको समूहले यो निर्णयप्रति असहमति जनाउँदै संवैधानिक र कानुनी प्रश्न उठाउने घोषणा गरिसकेको छ। देउवा पक्ष अदालत जाने तयारीमा रहेकाले गगन नेतृत्वको वैधानिकता अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन। सभापति बनेलगत्तै ‘नयाँ र बदलिएको कांग्रेस’ को दाबी गरेका गगनका लागि अब त्यो दाबी व्यवहारमै प्रमाणित गर्नु चुनौतीपूर्ण बनेको छ।

नयाँ कार्यसमितिमाथि बाहिरका राजनीतिक दलले मात्र होइन, आफ्नै पार्टीभित्रबाट पनि प्रश्न उठाइएको छ। विशेष महाधिवेशनका प्रतिनिधिहरूको सनाखत, प्रक्रिया र निर्णयलाई लिएर निर्वाचन आयोगमाथि जबरजस्ती गरेको आरोप लगाउँदै देउवा र उनका निकट नेताहरूले कानुनी लडाइँ लड्ने बताएका छन्। अघिल्लो केन्द्रीय समितिमा बहुमतमा रहेका देउवा र शेखर कोइराला पक्षलाई विश्वासमा लिएर अघि बढ्नु गगनका लागि फलामको चिउरा चपाएजस्तै कठिन काम हुने देखिन्छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनअघि नै कांग्रेसभित्र गगन नेतृत्वको पुस्ताले विधि, प्रणाली र सुशासनको लडाइँ सुरु गरिसकेको थियो। जेन–जी आन्दोलनले त्यो संघर्षलाई थप बल र दबाब दिएको यथार्थ हो। उक्त आन्दोलनपछि कांग्रेसभित्र संस्थापन र गगन पक्षबीच स्पष्ट ध्रुवीकरण देखियो। देउवाले आन्दोलनलाई हेर्ने दृष्टिकोण, आन्दोलनका क्रममा स्वयंमाथि भएको आक्रमण र त्यसपछि कांग्रेसले आधिकारिक निष्कर्ष निकाल्न नसक्नु पार्टीका लागि लज्जास्पद बनेको थियो। अब जेन–जी पुस्ताले उठाएका माग र मुद्दाको सम्बोधन कसरी हुन्छ भन्ने प्रश्नको जवाफ नयाँ सभापतिका रूपमा गगन थापाले नै दिनुपर्ने अवस्था आएको छ।

अर्को गम्भीर चुनौती आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग जोडिएको छ। विशेष महाधिवेशनको घटनाक्रमले कांग्रेसको चुनावी तयारीलाई कस्तो असर पार्छ भन्ने प्रश्न निकै संवेदनशील बनेको छ। सरकारले र निर्वाचन आयोगले चुनावको तयारी चरणबद्ध रूपमा अघि बढिरहेको दाबी गरिरहेका छन्। यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको छ। तर, गगन नेतृत्वको वैधानिकता अदालतमा परीक्षण हुने अवस्थामा सो कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता हुने–नहुने अन्योलमा परेको छ।

विशेष महाधिवेशनअघि नै जिल्लाबाट उम्मेदवार सिफारिस भइसकेका भए पनि अहिले कांग्रेस दुई धारमा विभाजित हुँदा ती सिफारिसहरू जस्ताको तस्तै कार्यान्वयन हुने अवस्था छैन। अदालतबाट जुन पक्षको पक्षमा निर्णय आए पनि उम्मेदवार छनोट, चुनावी चिन्ह र संगठनात्मक संरचनाका कारण कांग्रेसलाई ठूलो कठिनाइ पर्ने निश्चित देखिन्छ। यसले समग्र चुनावी अभियानलाई कमजोर बनाउने खतरा पनि उत्तिकै छ।

भूमिकाको हिसाबले पनि गगन थापाको अवस्था पूर्ण रूपमा बदलिएको छ। महामन्त्री हुँदा उनी नेतृत्वलाई प्रश्न गर्ने, दबाब सिर्जना गर्ने, धर्ना, वक्तव्य र आन्दोलनमार्फत सुधारको आवाज उठाउने अग्रपंक्तिमा थिए। अब उनी स्वयं सभापति भएका छन्। पार्टीभित्र विभाजित धारलाई घेराबन्दी गरेर होइन, समझदारी र सहमतिका आधारमा मिलाउनुपर्ने जिम्मेवारी उनीमाथि आएको छ। चुनावको मुखमा पार्टी दुईतिर विभाजित हुँदा देशभित्र र विदेशमा रहेका कांग्रेस कार्यकर्ता र समर्थकहरू निराश बनेका छन्।

यी सबै चुनौतीबीच गगन थापाले कस्तो रणनीति अपनाउँछन्, कसरी पार्टीलाई एकताबद्ध बनाउँछन् र वैधानिक तथा राजनीतिक संकटबाट कांग्रेसलाई कसरी बाहिर निकाल्छन् भन्ने कुराले उनको सफलताका आधार तय गर्नेछ। कांग्रेसभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा ‘आशाको पुस्ता’ को नेतृत्व गरेका गगन थापाले चाल्ने प्रत्येक कदमले उनको भविष्य र कांग्रेसको दिशा निर्धारण गर्ने स्पष्ट देखिन्छ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑