



नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ। आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आजबाट बन्दसत्रका कार्यक्रम अघि बढ्न लागेको हो।
महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र सुरु गरिनेछ। ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका औपचारिक कार्यक्रम सञ्चालन हुने तयारी गरिएको छ।
पार्टीभित्रका प्रतिनिधिहरूको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन आह्वान गरिएको हो। यस विशेष महाधिवेशनमा देशभरबाट २६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेको सचिवालयले जनाएको छ।
बन्दसत्रका कार्यक्रमहरू कार्यविधि बनाएर अघि बढाइनेछ। बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। बन्दसत्रमा पार्टीको भावी दिशा तय गर्ने नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्ने, सुझाव राख्ने र आवश्यक निर्णयहरू लिने तयारी गरिएको कांग्रेसले जनाएको छ। विशेष महाधिवेशनलाई पार्टी सुधार, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस