• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

January 12, 2026 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार फेला परेको बसको अवशेष । वि.सं २०८१ असार २८ मा चितवनको भ

हेल्लो चितवन अन्लाईन्
(३ हफ्ता अघि)

चितवन : तनहुँको आबुँखैरेनी गाउँपालिका–५ अन्तर्गत दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन कार्य गरिने भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण बगेर त्रिशूली नदीमा खसेको आशंका गरिएको बसको अवशेष आइतबार फेला परेपछि उत्खनन सुरु गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार दिनभर उत्खनन कार्य गरेको थियो। बसको केही भाग माटो र ढुंगाले पुरिएको अवस्थामा भेटिएपछि थप पुष्टि तथा विवरण संकलनका लागि आज पनि उत्खनन कार्यलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार बिहान करिब १० बजेर ४५ मिनेटको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको भाग जस्तो देखिने संरचना माटोमा पुरिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अध्ययनका आधारमा उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गर्दा पहिरोले बगाएको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस हुन सक्ने आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनास्थलमा देखिएको बस पूर्ण रूपमा पहिचान भइसकेको छैन। बसको थप भाग उत्खनन गरेपछि मात्र यकिन गर्न सकिने उनले बताए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जनाको टोली तथा इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो। सुरक्षाकर्मीहरूले आवश्यक सुरक्षा व्यवस्था मिलाउँदै सावधानीपूर्वक उत्खनन कार्य गरिरहेका छन्।

हाल बस नदी किनारमै पुरिएको अवस्थामा रहेको र केही भाग मात्र बाहिर देखिएको प्रहरीले जनाएको छ। बससँग सम्बन्धित थप प्रमाण, यात्रु तथा सम्भावित क्षतिको विवरण पत्ता लगाउन उत्खननसँगै अनुसन्धान कार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

उक्त घटनाले पुनः नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण अवस्थालाई उजागर गरेको भन्दै स्थानीयवासीले वर्षायाममा विशेष सतर्कता र दीर्घकालीन समाधानको आवश्यकता औंल्याएका छन्।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑