



डडेल्धुरा, पुस २७ । डडेल्धुरामा ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल जोगबुढा–दैजी सडकखण्डमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि ट्रयाक्टर चालक परशुराम नगरपालिका निवासी ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस