



रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्व ऊर्जाप्रमुख कुलमान घिसिङ एकै राजनीतिक धारमा देखिएसँगै नेपाली राजनीतिमा नयाँ तरंग देखिएको छ। यी तीनै जना युवामाझ लोकप्रिय ‘सेलिब्रेटी नेता’ मानिन्छन्, जसको एकताले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्णायक शक्ति बनाउन सक्ने चर्चा बढेको छ।
परम्परागत दलहरू कांग्रेस, एमाले र माओवादी चुनावी तालमेलतर्फ उन्मुख भइरहँदा वैकल्पिक शक्तिको रूपमा रास्वपाको आकर्षण बढ्दो देखिन्छ। अघिल्लो निर्वाचनमा सीमित संगठन हुँदाहुँदै पनि उल्लेखनीय मत पाएको रास्वपाले यसपटक चर्चित अनुहारहरूलाई अघि सारेर सहरी मतमा प्रभाव जमाउने रणनीति लिएको छ।
यद्यपि आन्तरिक असन्तुष्टि, नेतृत्वसँग जोडिएका विवाद र पुराना दलहरूको बलियो संगठनका कारण प्रतिस्पर्धा सजिलो भने नहुने विश्लेषण छ। नयाँ र पुराना शक्तिबीचको सीधा टक्करले आगामी निर्वाचनलाई अझ चासोपूर्ण बनाउने देखिन्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस