



जापानको वासेदा विश्वविद्यालय रोबोटिक्स ल्याबले केवल एक मिनेटमै दाँत सफा गर्ने हाईटेक रोबोटिक टुथब्रस विकास गरेको छ। ‘g.eN’ नाम दिइएको यो टुथब्रस मुखमा माउथपिस राखेर टोक्नेबित्तिकै स्वचालित रूपमा सञ्चालन हुन्छ।
यसमा साना–साना धेरै ब्रस हेडहरू जडान गरिएका छन्, जसले दाँतको दुवै साइड एकैपटक सफा गर्छन्। हातले दाँत माझ्दा हुने असमान ब्रसिङको समस्या पनि यसले कम गर्ने वैज्ञानिकहरूको दाबी छ। २२० ग्राम तौल भएको यो टुथब्रस यूएसबी टाइप–सी चार्जिङ सुविधासहित चार फरक मोडमा उपलब्ध छ।
सन् २०२२ मा गरिएको अनुसन्धानअनुसार g.eN ले राम्रो मुख स्वास्थ्यको मापदण्ड मानिने २२.४ प्रतिशत प्लाक रिटेन्सन दर हासिल गरेको छ, जुन परम्परागत टुथब्रसभन्दा प्रभावकारी मानिएको छ।
हाल यो रोबोटिक टुथब्रस क्राउडफन्डिङ चरणमा रहेको छ र अपेक्षाभन्दा धेरै लगानी जुटाइसकेको छ। सुरुमा शारीरिक असक्षमता भएका व्यक्तिका लागि बनाइए पनि अहिले सामान्य प्रयोगकर्तामाझ पनि यसको लोकप्रियता बढ्दै गएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस