



पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको मूल्यमा कटौती गरेको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल/मट्टितेलमा ५ रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँले मूल्य कम गरिएको छ। यद्यपि, खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको छ।
मूल्य समायोजनपछि तेस्रो वर्गअन्तर्गत पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १३७ रुपैयाँ पर्नेछ।
निगमले घटाइएको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात, उद्योग तथा सर्वसाधारण उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस