• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

December 12, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

नेपाल सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी र तिनाउ दुवै नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना अघि बढाएको छ। नारायणी नदीमा निर्माण कार्य तीव्र रूपमा चलिरहेको बेला तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि सडक विभागले औपचारिक रूपमा ठेक्का आह्वान गरेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमै यी दुबै नदीमा कलात्मक र आधुनिक संरचना भएका ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने घोषणा गरेको थियो। नारायणीमा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का पाएको छ। यसको हेरचाह र अनुगमनको जिम्मेवारी डिभिजन सडक कार्यालय चितवनलाई दिइएको छ।

यस्तै, तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजका लागि सडक विभागको वैदेशिक सहायता महाशाखाले टेन्डर प्रक्रिया अघि बढाएको छ। करिब २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको २६६ मिटर लामो पुलले हालको पुललाई जोगाउँदै उत्तर र दक्षिणतर्फ २–२ लेन गरी दुईवटा नयाँ पुल थपिनेछ। संरचना आकर्षक, कलात्मक र पर्यटनमैत्री हुने गरी डिजाइन गरिने महाशाखाका सिनियर इन्जिनियर सुरेश पौडेलले जनाएका छन्।

अहिलेको तिनाउ पुल २०३८ सालमा बनेको र अत्यधिक जीर्ण भएको कारण पनि नयाँ पुल अपरिहार्य देखिएको छ। बुटवल–गोरुसिंगे सडक चार तथा छ लेनमा विस्तार भइरहेकाले भविष्यमै सवारी चाप व्यवस्थापनमा यो पुल महत्वपूर्ण आधार बन्नेछ। पुल बनेपछि जीतगढी किल्ला, मणिमुकुन्द पार्क जस्ता नजिकका पर्यटन गन्तव्यसमेत थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको बुटवल–गोरुसिंगे परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपाने बताउँछिन्।

तिनाउ पुलको डिजाइन अन्तर्राष्ट्रियस्तरको छ—आर्किटेक्ट डिजाइन भारतको ‘टोटल सिनर्जी कन्सल्टिङ’ ले र स्ट्रक्चर डिजाइन स्विस सरकारको स्विस डेभलपमेन्ट को–अपरेसनले तयार पारेका छन्। विश्वका प्रमुख सहरहरूमा प्रचलित आधुनिक सिग्नेचर ब्रिज जस्तै रूपरंग यस पुलमा पनि समेटिनेछ।

विभागका अनुसार ठेक्का प्रक्रिया करिब दुई महिनामा सकिने, त्यसपछि सात महिनाको डिजाइन अवधि र झण्डै तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। बुटवल–गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति भइरहेकै समय फराकिलो, सुरक्षित र सौन्दर्ययुक्त पुल निर्माणले प्रदेश तथा राष्ट्रिय यातायात संरचनामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑