



नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमय दर सार्वजनिक गर्दा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको देखिएको छ। आज एक अमेरिकी डलरको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूको मूल्य पनि उकासिएका छन्। युरोको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, पाउण्ड स्ट्रलिङको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा तोकिएको छ।
एशियाली मुद्राहरूमा चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ, र साउदी रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमय दर आवश्यकतानुसार दिनभर पनि परिवर्तन हुनसक्छ भने वाणिज्य बैंकहरूले राख्ने दरमा सानो भिन्नता हुन सक्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस