



नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे हुने खेलको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजमध्ये विजेतासँग प्रतिद्वन्द्विता गर्नेछ। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पुगेको सुदूरपश्चिमलाई जहाँ निरन्तरता कायम राख्ने लक्ष्य छ भने सन्दीप लामिछाने नेतृत्वको विराटनगर अन्तिम खेलमा सुदूरपश्चिमलाई हराएर बलियो दाबेदार बनेको छ। दुवै टोलीले यसअघि एनपिएलमा १–१ खेल जितेकाले आजको भिडन्तलाई उच्च प्रतिस्पर्धात्मक मानिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस