



गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पुन्हा नियन्त्रणमा लिन सफल भएको छ। वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका सिरानचोक–८, गोरखा घर भई काठमाडौं तारकेश्वर, मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
फरार भएपछि लुकीछिपी बसिरहेका गुरुङलाई प्रहरीले तारकेश्वरको मनमैजु क्षेत्रमा देखापरेको सूचनाको आधारमा पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरेको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएपछि यसलाई सुरक्षा संयन्त्रको प्रभावकारी कामको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस