



बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर सञ्चालन भइरहेको क्रममा माथिबाट ढुंगा खस्दा सहचालकको ज्यान गएको छ। ढुङ्गा लागेर रोल्पाका १९ वर्षीय विशाल पुन मगर को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा अचानक ठूलो ढुङ्गा खस्दा स्काभेटरमा सहचालकका रूपमा रहनु भएका पुन मगर मारिएका हुन्। घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक कमलजङ्ग थापाले ढुङ्गा खस्ने कारणको प्रारम्भिक अनुसन्धान भइरहेको बताए।
मृतकको शव मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल, हरिचौर लगिएको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस