



त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले अहिलेसम्म पाँच खेलमा चार जित निकाल्दै आठ अंक जोडेर सशक्त स्थितिमा छ। यता रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पाँच खेलमध्ये दुईमात्र जित हात पारेको छ।
प्लेअफ सम्भावना टिकाइराख्न लुम्बिनीका लागि आजको खेल ‘कर आर’ मोडमै रहेको छ, जबकि विराटनगर जीतसँगै शीर्ष स्थान बलियो बनाउन लक्ष्यित छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस