



नेपाल आयल निगमले उपभोक्ता मूल्यमा परिर्वतन गर्दै डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको छ। निगम सञ्चालक समिति बैठकको निर्णयअनुसार नयाँ मूल्य आजदेखि लागू भएको छ।
🔹 डिजेल/मट्टितेलको नयाँ मूल्य
मूल्य समायोजनपछि डिजेल–मट्टितेलका तीन वर्गका लागि दर यस प्रकार छन्–
पहिलो वर्ग : प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा
दोस्रो वर्ग : प्रतिलिटर १४५ रुपैयाँ
तेस्रो वर्ग : प्रतिलिटर १४६ रुपैयाँ
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग,
सुर्खेत र दाङलाई दोस्रो वर्ग,
काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा वर्गीकृत गरेको छ।
🔹 हवाई इन्धनको मूल्य भने बढ्यो
निगमका अनुसार हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य बढाइएको छ।
आन्तरिकतर्फ
नयाँ मूल्य : प्रति लिटर १३४ रुपैयाँ
अन्तर्राष्ट्रिय उडानतर्फ
मूल्य प्रति किलोलिटर ४२ अमेरिकी डलरले वृद्धि
नयाँ दर : प्रति किलोलिटर १,०१५ अमेरिकी डलर
🔹 मूल्य घटबढको कारण
भारतको इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको पछिल्लो मूल्य सूचीअनुसार—
डिजेल/मट्टितेलको खरिद मूल्य प्रति लिटर १ रुपैयाँ ४४ पैसा घटेको
हवाई इन्धनको खरिद मूल्य प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेको
यस आधारमा निगमले खुद्रा बिक्री मूल्य समायोजन गरिएको जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस