



काठमाडाैं, मंसिर ८।
धेरैका लागि दिनको सुरुवात चियाबिनै हुँदैन। बिहान, दिउँसो वा बेलुकाको फुर्सद—एक कप चियाले ताजगी दिन्छ। तर धेरै घरमा चिया एकैपटक धेरै बनाइने, चिसो भएपछि फेरि तताएर पिउने बानी हुन्छ। स्वास्थ्य विशेषज्ञका अनुसार यस्तो बानी हानिकारक हुनसक्छ।
चिया चिसो भएपछि फेरि तताउँदा स्वाद बिग्रिनु, एन्टिअक्सिडेन्ट नष्ट हुनु, एसिडिटी बढ्नु, र ब्याक्टेरिया बढ्ने सम्भावना जस्ता समस्या देखापर्न सक्छन्।
स्वादमा कमी
चियामा हुने ट्यानिन र अन्य तत्त्व चिसिएपछि फेरि तताउँदा अक्सिडाइज हुन्छन्। यसले चियालाई तीतो बनाउँछ र कहिलेकाहीँ पिउनै नसकिने बनाइदिन्छ।
एन्टिअक्सिडेन्ट नष्ट हुन्छ
ताजा चियामा रहेका एन्टिअक्सिडेन्ट शरीरलाई हानिकारक तत्त्वबाट जोगाउन मद्दत गर्छन्। तर चिया बारम्बार तताउँदा यी तत्त्वहरू क्षति पुग्छन् र चियाको स्वास्थ्य लाभ हराउँछ।
एसिडिटी र पेटसम्बन्धी समस्या
ग्यास, एसिडिटी, पेट पोल्ने र वाकवाकी लाग्ने समस्या चिया दोहोर्याएर तताउँदा झन् बढ्न सक्छ। यस्तो समस्या भएका व्यक्तिलाई त चिया तताएर पिउनु झनै हानिकारक हुन्छ।
ब्याक्टेरिया बढ्ने खतरा
चिया लामो समयसम्म खुला राख्दा ब्याक्टेरिया बढ्न सक्छ। फेरि तताउँदा यी ब्याक्टेरियाहरू पूरै नष्ट नहुन सक्छन्, जसले पेटसम्बन्धी समस्या वा संक्रमण निम्त्याउन सक्छ।
विशेषज्ञहरूले एकपटक पकाएको चिया तत्काल पिउन तथा चिया बाँकी परेमा पुनः तताएर नखान सुझाव दिएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस