



चितवन,– औषधि व्यवस्था विभागको वीरगन्ज शाखा कार्यालयले बिहीबार र शुक्रबार चितवन जिल्लाका २० वटा औषधि पसलमा गरेको अनुगमन क्रममा विभिन्न अनियमितता फेला परेको छ। विभागका अनुसार अनुगमनमा खटिएको टोलीले अस्पतालका ८ र अन्य १२ वटा औषधि पसल जाँच गरेको थियो।
अनुगमनका क्रममा एक पसलमा अनधिकृत व्यक्तिबाट औषधि बिक्री–वितरण गरिएको भेटिएपछि सो पसललाई तत्कालका लागि बन्द गरिएको वीरगन्ज शाखा कार्यालयका प्रमुख शम्भु शाहले जानकारी दिए।
निरीक्षणका क्रममा अधिकांश औषधि पसलमा केही न केही कमजोरी पाइएको विभागका निरीक्षक रवि चौधरी थारूले बताए। उनका अनुसार १५ वटा औषधि पसलले लागू तथा मनोद्वीपक औषधिको रेकर्ड दुरुस्त राखेका थिएनन्।
त्यस्तै, अस्पतालभित्र मात्र बिक्री गर्न पाइने ६ प्रकारका एन्टिबायोटिक औषधि अस्पतालबाहिरका ७ औषधि पसलमा समेत फेला परेको चौधरीले जानकारी दिए। साथै दुई औषधि पसलमा आवश्यक फार्मेसिष्ट नै अनुपस्थित रहेको पनि भेटिएको छ।
अनुगमनका क्रममा धेरैजसो औषधि पसलमा औषधिजन्य खाद्य पूरक (फुड सप्लिमेन्ट) राखिएको पाइएको थियो। यी पूरक खाद्य विभागमा दर्ता हुने भएकाले औषधि पसलमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि मात्रै हुनुपर्ने निरीक्षक चौधरीले बताए।
विभागले अनियमितता पाइएको पसलहरूमाथि सुधार गर्न निर्देशन दिएको छ भने आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस