



चितवन, कार्तिक २७ —
चितवनको इच्छाकामना गाउँपालिकामा भएको बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, फिस्लिङबाट हपनीतर्फ गइरहेको बागमती प्रदेश ०१–००२–झ ६६६२ नम्बरको बलेरो जीप मंगलबार साँझ करिब साढे ५ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा परि हपनीका ८० वर्षीय बीर बहादुर प्रजाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सोही स्थानका कर्ण बहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्। दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भरतपुरस्थित सरकारी अस्पतालमा भइरहेको छ।
बलेरोमा चालकसहित चार जना सवार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनापछि चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, बलेरो सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस