



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया स्थिर रहेको जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागमा आकाश सफा र खुला रहने देखिएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली देखिएको छ । अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा र सुखद रहनेछ ।
दिउँसोतर्फ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा घाम लाग्ने र मौसम खुला रहने सम्भावना छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
राति पनि देशका अधिकांश स्थानमा मौसम खुला रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली रहन सक्नेछ ।
आज सूर्योदय बिहान ६ बजेर २० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुने विभागले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस