



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मेष राशिका लागि विशेष रूपमा सृजनात्मक हुनेछ। साहित्य, संगीत वा कलाको क्षेत्रमा विशेष सफलता प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक पक्षमा केही खर्च बढ्ने सम्भावना छ, तर त्यसले दीर्घकालीन लाभ दिलाउनेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ र आन्तरिक शान्तिको अनुभूति हुनेछ। आजको शुभ रंग हल्का रातो, शुभ अंक ४ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिका जातकले आज निर्णयमा हतार नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा स्थायित्व ल्याउने अवसर मिल्नेछ। नयाँ नोकरी वा जिम्मेवारीको मार्ग प्रशस्त हुन सक्छ। आयस्रोत सामान्य रहला तर प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग केशरी, शुभ अंक ५ हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशिका लागि आज व्यापार विस्तारको दिन हो। नयाँ योजना र साझेदारीको सुरुवात गर्न शुभ समय छ। नोकरी वा व्यवसायमा वरिष्ठ अधिकारीहरूबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ। सहयोगीहरूको सल्लाह उपयोगी सावित हुनेछ। आजको शुभ रंग सेतो, शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि आजकाे दिन उत्साह र उपलब्धिले भरिपूर्ण रहनेछ। लामो समयदेखि प्रतीक्षामा रहेका कार्य सम्पन्न हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। प्रतिष्ठित व्यक्तिहरूसँगको भेटले लाभ पुर्याउनेछ। आजको शुभ रंग हल्का हरियो, शुभ अंक २ हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका जातकहरूका लागि सन्तानको प्रगति र सफलता खुसीको कारण बन्नेछ। भावनात्मक तथा प्रेम सम्बन्धमा मिठास रहला। परिवार र कार्यक्षेत्रमा आफ्नो योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो, शुभ अंक ४ हो।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि व्यापार विस्तार र लगानीको अनुकूल समय आएको छ। साझेदारी व्यवसायबाट फाइदा हुने देखिन्छ। तर, अवसरवादी व्यक्तिहरूबाट सावधान रहनुहोस्। समय र सन्धिको सदुपयोग गर्न सके ठूलो लाभ हुने दिन हो। आजको शुभ रंग हल्का निलो, शुभ अंक ४ हो।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका जातकहरूका लागि आर्थिक लाभको राम्रो संकेत छ। शेयर बजार वा लगानी क्षेत्रबाट लाभ प्राप्त हुनेछ। इष्टमित्रहरूसँग रमाइलो समय बित्ने मौका मिल्नेछ। स्वाभिमान र प्रतिष्ठाको रक्षा गर्न केही संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो, शुभ अंक ३ हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि पारिवारिक खुशीको दिन हो। आफन्तको जमघटले मन प्रशन्न रहनेछ। नयाँ र दीर्घकालीन लाभ दिने कार्य सुरु गर्न सकिने समय छ। कार्यक्षेत्रमा अरूको हस्तक्षेप हुन सक्छ, त्यसैले सतर्क रहनुहोस्। आजको शुभ रंग कलेजी, शुभ अंक ६ हो।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिका लागि आत्मबल र धैर्यमा वृद्धि हुनेछ। समाज र व्यापार क्षेत्रमा राम्रो प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। सामाजिक जमघट वा मञ्चमा आफ्नो प्रभाव जमाउन सकिनेछ। आजको शुभ रंग गुलाबी, शुभ अंक ९ हो।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मकर राशिका जातकहरूका लागि विदेश सम्बन्धी कार्यमा सफलता प्राप्त हुनेछ। सवारी साधनमा खर्च हुन सक्छ। विद्यार्थीहरूले अध्ययन भन्दा खेलकुदमा रुचि देखाउन सक्छन्, तर सन्तुलन आवश्यक छ। स्वास्थ्यका लागि पौष्टिक आहार ग्रहण गर्नु उचित हुनेछ। आजको शुभ रंग सेतो, शुभ अंक ७ हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशिका लागि प्रशासनिक काममा ढिलाइ हुन सक्छ। अधिकारिक वा कानूनी विषयमा सतर्क रहनुहोस्। सम्मानित व्यक्तिहरूप्रति आदरभाव राख्नु आवश्यक छ। संयमता र धैर्यले समस्या समाधान हुनेछ। आजको शुभ रंग खैरो, शुभ अंक ३ हो।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिका लागि पारिवारिक सहयोग विशेष लाभदायी हुनेछ। पिताको सल्लाह र समर्थनले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। पुराना विवाद र समस्याहरू सुल्झिने छन्। नयाँ अवसरको सुरुवात गर्न जोश बढ्नेछ। आजको शुभ रंग हल्का निलो, शुभ अंक ९ हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस