



भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य करिब ४० प्रतिशत पूरा भएको छ। भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माणलाई तीव्रता दिएको हो। हाल टावरको वाल र प्यारापिट ढलानको काम भइरहेको महानगरका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए। उनले आर्थिक प्रगति करिब ३० प्रतिशत रहेको बताए। त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा खेल आयोजना नगर्न सिफारिस गरेपछि भरतपुरको रङ्गशाला विकल्प बन्ने देखिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइसकेको छ भने महानगरले थप १० हजार क्षमताको निर्माण गरिरहेको छ। हिमालयन कालिञ्चोक बीबीआर जेभीले ७८ करोड ५० लाख रूपैयाँ लागतमा वि.सं. २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। पहिलो चरणमा १५ हजार दर्शक क्षमता, दुई भिआइपी टावर, पाँचवटा पिच, बाटो, पार्किङ र पानी निकास प्रणाली निर्माण हुने भएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस