



आज विभिन्न राशिका जातकहरूका लागि ग्रह–नक्षत्रको स्थिति फरक–फरक ऊर्जा बोकेर आएको छ। कसैका लागि नयाँ अवसर र सफलता, कसैका लागि सावधानी र आत्मचिन्तनको दिन रहेको छ। हेर्नुहोस्, तपाईंको राशिअनुसार आजको भाग्यफल 👇
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन मिल्ने साथीहरू संगको भेटघाटले मन प्रफुल्लित हुनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सकिनेछ। भाइबहिनीसँग आत्मीयता बढ्ने संकेत छन्।
शुभ रंग: हल्का निलो | शुभ अंक: १
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सेवामूलक कार्यबाट सम्मान र प्रतिष्ठा पाइनेछ। राजनीतिक वा सामाजिक क्षेत्रमा सफलता हात लाग्न सक्छ। रोकिएका काम पुनः सुरु हुनेछन्।
शुभ रंग: पहेँलो | शुभ अंक: ३
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा ढिलाइ भए पनि परिणाम सकारात्मक रहनेछ। नयाँ अवसर प्राप्त भई उत्साह जाग्नेछ। दीर्घकालीन लाभ हुने कामको सुरुवातका लागि उत्तम समय।
शुभ रंग: निलो | शुभ अंक: २
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक योजनामा अवरोध आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। परिवारसँग रमाइलो समय बित्ने सम्भावना छ।
शुभ रंग: बैजनी | शुभ अंक: ५
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्यार्थीहरूले अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ। नयाँ कार्य हात लाग्दा आम्दानी बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।
शुभ रंग: रातो | शुभ अंक: ४
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग–व्यवसायमा कानुन विपरीत कदम नचलाउनुहोस्। घरमा मांगलिक कार्यको योजना बन्नेछ। कला वा सिर्जनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।
शुभ रंग: केशरी | शुभ अंक: ३
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजकीय वा कानुनी कार्यहरूमा प्रगति हुनेछ। सामूहिक कार्य गर्दा सबैको सल्लाह लिनु लाभदायी हुनेछ। पौष्टिक आहारले स्वास्थ्य सुदृढ बनाउनेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ६
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरू सक्रिय हुनेछन्, तर तपाईँको बुद्धिमत्ताले समस्या समाधान हुनेछ। भावनात्मक सम्बन्ध सुदृढ बनाउने अवसर मिल्नेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ७
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ प्रेमसम्बन्धको सुरुवात हुन सक्छ। विद्यार्थीका लागि सफलता प्राप्तिको सम्भावना उच्च छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
शुभ रंग: सिन्दुरी | शुभ अंक: ८
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरूमाथि निर्भर हुनु भन्दा आफ्नै प्रयत्नमा भरोसा राख्नुहोस्। जग्गा–जमिन वा लगानीबाट फाइदा मिल्ने सम्भावना छ। आत्मविश्वासमा कमी हुन नदिनुहोस्।
शुभ रंग: सेतो | शुभ अंक: ३
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक निर्णयमा नयाँ रणनीति अपनाउनुहोस्। कार्यमा सफलता र आत्मसन्तुष्टि प्राप्त हुनेछ। सकारात्मक सोच राख्दा दिन अनुकूल हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ९
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुभवी व्यक्तिहरूको साथ पाउने अवसर छ। भावनात्मक निर्णयमा सावधानी अपनाउनुहोस्। व्यापारिक काममा बुद्धिले निर्णय लिनु फाइदाजनक हुनेछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस