



काठमाडौं — भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङ आज झापाको डुबान र बाढीपीडित क्षेत्रको स्थलगत अवलोकन गर्न जाँदैछन्। हालैको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्ला, विशेषगरी इलाम र झापा, नराम्रोसँग प्रभावित भएपछि मन्त्री घिसिङले निरन्तर रूपमा विपद् प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।
विपद् संकटग्रस्त इलामको अवस्था अवलोकन गरिसकेका उनले आज झापा जिल्लाका कन्काई र बिरिङ खोलाको बाढीले प्रभावित बस्तीहरूको अवलोकन गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले जनाएको छ। झापा गाउँपालिका लगायतका क्षेत्र डुबान र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
मन्त्री घिसिङले प्रभावित क्षेत्रको स्थिति बुझेर राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका काम तीव्र पार्ने तयारी गरेको बताइएको छ। अवलोकनपछि उनी आजै साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
असोज १८ र १९ गतेको अविरल वर्षाले कोशी प्रदेशका जिल्ला—इलाम, झापा, पाँचथर र मोरङ—मा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस