



वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर भएको घोषणा गरेका छन्। यस सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त हुनेछन् र इजरायली सेना सहमतिको रेखासम्म फिर्ता जानेछ।
राष्ट्रपति ट्रम्पले यस ऐतिहासिक घटनालाई “अरब र मुस्लिम विश्व, इजरायल, वरिपरिका देश र संयुक्त राज्य अमेरिकाका लागि महान् दिन” भनेका छन्। उनले सम्झौताको सफल कार्यान्वयनमा कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूको योगदानको पनि सराहना गरे।
ट्रम्पले थपे, “मेरो पहलले सार्थकता पाएकोमा म खुशी छु, र शान्ति स्थापना गर्नेहरूलाई धन्यबाद दिन चाहन्छु।” यो सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० मानिसको ज्यान गएको थियो, त्यसपछिको प्रतिकारमा इजरायलले प्यालेस्टाइनमा करिब ६५ हजारको ज्यान लिएको थियो। यो सम्झौता त्यस लामो द्वन्द्वमा शान्ति स्थापित गर्नको पहिलो ठोस प्रयास मानिन्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस