



सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इसराइल पुगेका विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरी गाजामा लगेको थियो। त्यहीबेला बन्धक बनाइएका विपिनको पहिलो पटक बोलेको भिडियो हालै सार्वजनिक भएको हो।
इसराइली मिडिया ‘जेरुसलेम पोस्ट’का अनुसार उक्त भिडियो विपिन बन्धक बनाइएकै वर्षको नोभेम्बर महिनामा खिचिएको हो। झन्डै ३० सेकेन्ड लामो भिडियोमा विपिनले आफ्नो नाम, देश र अध्ययन उद्देश्य मात्र बताएका छन्।
भिडियोमा विपिनले भनेका छन्,
“म विपिन जोशी, नेपालबाट हुँ। म २३ वर्षको हुँ। म २५ दिनअघि मात्र इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ।”
जेरुसलेम पोस्टका अनुसार उक्त भिडियो इसराइली पक्षले नै विपिनको परिवारलाई दुई वर्षअघि उपलब्ध गराएको थियो। त्यतिबेला इसराइलले भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको भए पनि हाल अनुमति प्राप्त भएपछि परिवारले नै उक्त भिडियो सार्वजनिक गरेको बताइएको छ।
नेपाल सरकारले विपिन जोशीको उद्धारका प्रयास जारी रहेको जनाएको छ। बन्धक बनेका अन्य विदेशी नागरिकहरूसँगै उनको अवस्थाबारे अझै प्रष्ट जानकारी प्राप्त हुन बाँकी छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस