



आजको दिन ग्रह नक्षत्रको प्रभाव विभिन्न राशिका व्यक्तिहरूका लागि छुट्टै अवसर र चुनौती लिएर आएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा विवेक प्रयोग गर्दा सफलता मिल्नेछ। युवाहरूमाझ करियर बनाउन अवसर आउन सक्छ। राजनीतिक क्षेत्रमा झुठा आरोप लाग्न सक्ने भएकाले सचेत रहनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ३
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेका काम सफल हुनेछन्। उच्च अधिकारीहरूको समर्थन पाईनेछ। तर, योजनामा चूक हुनसक्ने भएकाले ध्यान दिनुहोस्।
शुभ रंग: केशरी | शुभ अंक: १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नकारात्मक सोचले असर पार्न सक्छ। उद्योग–व्यापारमा सोचविचार गरेर लगानी गर्नुहोला। आफन्तबाट धोका मिल्न सक्छ।
शुभ रंग: निलो | शुभ अंक: ६
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लेखन वा सामाजिक सञ्जालबाट लाभ हुने संकेत छ। जीवनसाथीको सहयोगले व्यापारमा प्रगति हुनेछ। नोकरी–पेशामा प्रभाव बढ्नेछ।
शुभ रंग: हल्का रातो | शुभ अंक: ५
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सुख–सुविधामा खर्च बढ्नेछ। मित्रको साथले मन हर्षित हुनेछ। सम्पत्तिसम्बन्धी विवाद आउन सक्छ तर न्यायिक मामलामा सफलता मिल्नेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक: ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारिक योजनाबाट लाभ हुनेछ। राजकीय मामिला समाधान हुनेछन्। सम्बन्धमा मनमुटाव हट्नेछ। यात्रा सुखद हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ७
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचेभन्दा राम्रो उपलब्धि मिल्नेछ। सुविधामा खर्च बढ्नेछ। कारोबार विस्तारका लागि दीर्घकालीन योजना बन्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजनाको सुरुवात गर्न अनुकूल समय छ। सहकर्मीहरूको सहयोग पाइनेछ। विचार स्पष्ट राख्दा फाइदा हुनेछ।
शुभ रंग: गुलाबी | शुभ अंक: ३
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी गर्न शुभ दिन। तर, व्यर्थको विवादले घर–परिवारमा असन्तोष ल्याउन सक्छ। संघर्षपछि राम्रो नतिजा मिल्नेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य अघि बढाउनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। आकस्मिक खर्च हुनसक्छ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ।
शुभ रंग: कलेजी | शुभ अंक: १
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पुराना काम पूरा गर्ने राम्रो समय। प्रेम सम्बन्धमा मिठास रहनेछ। सन्तानतर्फबाट शुभ सूचना आउनेछ। वरिष्ठको साथ पाइनेछ।
शुभ रंग: खैरो | शुभ अंक: ५
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
योजनाबद्ध ढंगले काम गर्दा सफलता पाईनेछ। महत्वपूर्ण निर्णयमा जानकारको सल्लाह लिनुहोस्। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।
शुभ रंग: रातो | शुभ अंक: ९
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस