



चितवनका प्रमुख पर्यटक गन्तव्य सौराहा, मेघौली र पटिहानी मुख्य सिजनमै सुनसान देखिएका छन्। पर्यटकहरूको आवागमन न्यून भएपछि होटल, होमस्टे, रेस्टुरेन्ट तथा सफारी व्यवसाय ठप्पजस्तै बनेको छ। पर्यटन प्रवर्द्धनका लागि जिम्मेवार सरकारी निकाय र व्यवसायी संघ–संस्थाले वास्तविक काम नगरी गुटबन्दी र औपचारिक कार्यक्रममा मात्र समय खर्चेको व्यवसायीहरूको गुनासो छ। गत वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक संख्या करिब २५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।
नारायणगढ–मुग्लिन सडकको जर्जर अवस्था, लगातार हुने मर्मत–निर्माणका कारण आवागमन अवरुद्ध हुनु, प्रचार–प्रसारको कमी र गतिविधि विविध नहुनु पर्यटनमा गिरावटका प्रमुख कारण बनेका छन्। व्यवसायीहरूले अब खानाको खर्च समेत धान्न गाह्रो भएको बताउँदै तत्काल सरकार र निकायहरूले ठोस पहल गर्नुपर्ने माग गरेका छन्। पर्यटन विज्ञहरूले भने चितवन पर्यटन पुनर्जीवनका लागि सडक तथा यातायात पूर्वाधार सुधार, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, जंगल सफारीबाहेक नयाँ गतिविधि विकास र घरेलु पर्यटक लक्षित छुट प्याकेज आवश्यक रहेको बताएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस