



काठमाडौं – मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ भने स्थानीय वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभाव स्वरूप कोशी र बागमती प्रदेशमा सामान्य बदली, अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको अवस्था
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहनेछ।
बाँकी प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना।
कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान।
रातिको अवस्था
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहनेछ।
अन्य प्रदेशमा आंशिक बदली रहने।
कोशी, बागमती, गण्डकीका थोरै स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस