



आज आश्विन सङ्क्रान्तिका दिन नेपालभर विश्वकर्मा पूजा श्रद्धा र भक्ति भावका साथ मनाइँदैछ। प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीका रूपमा मनाइने यस पर्वमा विशेषगरी सवारी साधन, औजार, मेसिनरी, उद्योग–धन्दा र निर्माणसँग सम्बन्धित उपकरणहरूको पूजा गर्ने परम्परा रहिआएको छ। भगवान् विश्वकर्मालाई देव शिल्पी वा देवताका वास्तुविद् मानिन्छ, जसले सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरू निर्माण गरेको धार्मिक विश्वास पाइन्छ। विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा सम्मानित विश्वकर्माको पूजाले काममा आउने अवरोध हट्ने, सवारीसाधनमा दुर्घटना कम हुने, उद्योग–व्यवसायमा प्रगति हुने र परिवारमा शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ। यस दिन विशेष गरी भद्रकाली, दक्षिणकालीलगायतका शक्तिपीठमा नयाँ सवारी साधन पूजा गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस