



मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रहने जानकारी दिएको छ । विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्ने क्रम रहेकाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यसैगरी, लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थान र तराई भू-भागका केही क्षेत्रमा मध्यम वर्षा हुने देखिएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक भारी वर्षा पर्ने सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टासम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा, साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस