



हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभाव स्वरूप मधेस र लुम्बिनी प्रदेशलगायत देशका विभिन्न भूभागमा सामान्य बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ भने पहाडी क्षेत्रका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा र कोशी, मधेस, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस क्रममा सम्भावित बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस