



बुटबल, ८ भदाैं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।
थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस