



विशाल बस्नेत
महोत्तरी, ३२ असार । महोत्तरीको गौशाला नगरपालिकामा ३१ जना प्रधानध्यापकहरुले सामुहिक राजिनामा दिएका छन ।
सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरले शैक्षिक क्षेत्रमा वेवास्ता गरेको आरोपमा आज नै राजिनामा दिएका हुन ।
दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानध्यापकहरुको छ ।
शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानिय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको वताउदै आधारभूत कार्यहरु समेत गर्न नसकिएको उनिहरुले गुनासो गरेका छन ।
यता नगरले भने प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा राजनिती गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेकाे छ।
नगर प्रमुख दिपेन्द्र महतोले प्रधानाध्यापकहरुले तत्काल राजिनामा फिर्ता नलिए राजिनामा स्वीकृत गरेर नया प्रक्रियामा जाने समेत चेतावनी दिएका छन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस