
काठमाडौं, ३० जेठ । पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरले आरोप लगाएका छन् ।
उनले विश्वबिधालय पार्टीकरण हुनु दुःखद भएको भन्दै विश्वबिधालयमा राजनीतिक गतिबिधि अमान्य हुने घोषणा गरेका छन् ।
‘नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरी संस्थाको प्राज्ञिक मर्यादा र गरिमा माथि ठूलो खेलवाड भएको छ, उपकुलपति र रजिस्ट्रार दुवै पदमा एमाले समर्थकको नियुक्ति पश्चात् यस संस्थालाई आफ्नो दलको क्रिडास्थल बनाउने प्रपञ्च सफल भएको छ, उनले भने, ‘कोशी प्रदेशबासीको तर्फबाट यस निर्णयको घोर भर्त्सना गर्दछु, साथै हरेक नियुक्तिलाई हेर्ने नेपाली कांग्रेस र एमालेको साझा संयन्त्रमा रहेका कांग्रेस प्रतिनिधिहरुको भूमिका प्रति खेद छ र बिश्वविद्यालयमा भविष्यमा हुनसक्ने हरेक राजनीतिक गतिविधि अमान्य हुने घोषणा समेत गर्दछु।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस