
काठमाडौं, २६ जेठ । संघीय संसद अन्तर्गतका २ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल हुनेछ ।
उता, पूर्वाधार विकास समितिको बैठकमा भने नेपाल विद्युत प्राधिकरणले २०८२ बैशाख महिनामा जारी गरेको श्वेतपत्रका बारेमा छलफल हुनेछ, जुन बैठक बिहान ८ः३० बजे बोलाइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस