
चितवन, भरतपुर – शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, भरतपुर–१४ र काठमाडौँको पानीपोखरीस्थित अग्नि इन्कर्पोरेटेड प्रा. लि.बीच आज Mahindra 4WD एम्बुलेन्स (Type-B) खरिद सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एम्बुलेन्सको कुल मूल्य रु २१,११,५०० (एक्काईस लाख एघार हजार पाँच सय) हुनेछ।
सदरमुकामबाट १२ किलोमिटर टाढा अवस्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्न लागेको उक्त एम्बुलेन्स सेवा पश्चिम चितवनका बासिन्दाहरूलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागिएको हो। यस सेवा मार्फत आकस्मिक स्वास्थ्य सहायता पहुँच सहज बनाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य केन्द्रका प्रमुखले बताएअनुसार, “पश्चिम चितवनका दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज र छिटो स्वास्थ्य सेवा दिनका लागि यो एम्बुलेन्स सेवाले महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
एम्बुलेन्स चाँडै नै केन्द्रमा उपलब्ध भई सेवा प्रारम्भ गरिने जानकारी समेत दिइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस