
काठमाडौं, १ जेठ । आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस