
काठमाडौं, २८ बैशाख । समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेशको विशेष भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ।
काठमाडौंमा सम्पन्न उक्त भेलाले पत्रकार विष्णु रैगाईंलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
उपाध्यक्षमा सुसन रामदाम र राधिका (राशी) भट्टराई चयन भएका छन्, भने सचिवमा योगेन्द्र चाैलागाईं निर्वाचित भएका छन् भने सह सचिवमा गणेश बिक र दिपा बोहोरा निर्वाचित भएका छन भने, कोषाध्यक्षमा निरोज तोलाङ्गे चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा टीका रसाइली,डिग बहादुर श्रेष्ठ, राेशन राई, रमेश संग्राैला, पुजा पाैडेल रहेका छन्।
नव-निर्वाचित अध्यक्ष विष्णुले आफ्नो नेतृत्वमा संगठनलाई थप सशक्त, व्यावसायिक र श्रमजीवी पत्रकारहरूको साझा आवाजको रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरे। समाजवादी प्रेस संगठन पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आएको संगठन हो। नयाँ नेतृत्वको आगमनसँगै संगठनले आगामी दिनहरूमा अझ प्रभावकारी कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस