
काठमाडौं, १० बैशाख । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ ।
मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए ।
खेलको पहिलो हाफमा नै सातौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । १८औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै भिल्लालाई बराबरीमा ल्याएका हुन् ।
तर, इन्जुरी समयमा नुनेजले गोल गर्दै सिटीलाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।
यो जितसँगै ३४ खेलमा ६१ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भिल्ला ३४ खेलबाट ५७ अंकका साथ सातौं स्थानमा रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस