
रत्ननगर, १० बैशाख। रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन्। उनीहरूको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको छ।
प्रहरीले कार चालक तनहुँ भिमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनैवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस