
झापा, ४ बैशाख । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन।
हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस