
काठमाडौँ – सरकारले संघीय संसदको बजेट अधिवेशन यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
शिक्षामन्त्री विद्या भट्टराईका अनुसार अधिवेशन मुख्यतः संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य छिटो पारित गर्ने प्रयोजनका लागि बोलाइएको हो। सरकारले विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तयारीसमेत अघि बढाएको छ।
शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत भइरहेका बेला सरकारले संवादलाई निरन्तरता दिँदै आएको र शिक्षकमाथि उठेका यथोचित मागको सम्बोधन गर्न सरकार गम्भीर र संवेदनशील रहेको मन्त्री भट्टराईले स्पष्ट पारिन्। उनले नेपाल शिक्षक महासंघसँगको संवाद अझै जारी रहने र सहमति खोज्ने प्रयास निरन्तर भइरहने जानकारी दिइन्।
सरकारको यो निर्णयलाई विद्यालय शिक्षा ऐन पारित गर्ने दिशातर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस