
बुटवल, ३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार संघ -फोनिज_ को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।
साथै, १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको फाेनिजले जनाएकाे छ ।
गत चैत २९ गते उदघाटन भएकाे साे महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस