
पुजा भुसाल
चितवन, भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित तीन दिने सीपमूलक तालिम हिजोदेखि सञ्चालनमा आएको छ। “सीप सिकौं, उद्यमी बनौं” भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमकी प्रशिक्षक सीता बस्नेत भट्टराई हुनुहुन्छ, जो विगत १३ वर्षदेखि उद्यमशील तालिम सञ्चालन गर्दै आउनुका साथै एक सफल महिला उद्यमी पनि हुनुहुन्छ।
कार्यक्रम संयोजक मनरुपा पौडेलका अनुसार, महिलाहरूले घर-चुलो सम्हाल्दै पनि सफल उद्यमी बन्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण प्रशिक्षकबाट लिन सकिन्छ। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले यस्तो तालिम आयोजन गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर परिवारलाई धन्यवाद व्यक्त गरेका छन्।
तालिमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय शिक्षा विभागका उप-प्रमुख तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठका सचिव कृष्ण हरि पौडेलले महिलाहरूलाई उद्यमशील बनाउन यस्तो कार्यक्रम प्रभावशाली रहेको उल्लेख गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि यस्ता तालिम सञ्चालन गर्न आफ्नो पहल रहने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिका सभापति सीता ज्ञवालीले हरेक नारीलाई उद्यमशील बन्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा सहभागी महिलाहरूले यस अवसरलाई उपयोग गरी आफ्नै व्यवसाय विकास गर्ने उत्साह व्यक्त गरेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस